काठमाडौं- देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
देशभरका १७ हजार ८ सय २२ जना संक्रिय संक्रमितमध्ये सोमबार ७ हजार १ सय २१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ४ हजार ५५ जना होम आइसोलेसनमा छन्।
त्यस्तै बाग्मती प्रदेशमा २ हजार ४२, प्रदेश १ मा ५ सय १०, प्रदेश ५ मा ३५६, सुदूरपश्चिम प्रदेशमा १२०, गण्डकी प्रदेशमा १८ र कर्णाली प्रदेशमा २० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।