काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ। गत २४ घण्टामा ८ सय ९९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
३ सय ३ महिला ५ सय ९६ र पुरुष गरी ८ सय ९९ संक्रमित भेटिएका हुन्। प्रदेश १ को ओखलढुंगा, खोटाङमा १÷१, झापामा ५, मोरङमा १९, संखुवासभामा ९ र सुनसरीमा २५ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
प्रदेश २ को धनुषामा ३१, पर्सामा ३४, बारामा २३, महोत्तरीमा ६, रौतहटमा १, सप्तरीमा २२, सर्लाहीमा १ सय ३ र सिरहामा ५ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंका १ सय ९, काभ्रेका १३, चितवनका ७१, दोलखाका २, धादिङका १, भक्तपुरका ४१, मकवानपुरका ४२, रामेछापका २, ललितपुरका ६७, सिन्धुपाल्चोकका १ र सिन्धुलीका ७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा कोरोना भेटिनेमा गण्डकी प्रदेशको कास्कीमा ३, गोरखामा १३, तनहुँमा २६, नवलपरासी पूर्वमा ४, लमजुङमा २ र बागलुङमा ४ जनामा कोरोना भेटिएको छ।
यस्तै, प्रदेश ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा १, नवलपरासीमा ३, पाल्पामा १, बर्दियामा २, बाँकेमा १४ र रुपन्देहीमा ११ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए।
कोराना पुष्टि हुनेमा कर्णाली प्रदेशको जुम्लाका १, सर्खुेतका ३८, सुदूरपश्चिम प्रदेशको अछामका २३, कञ्चनपुरका ७, कैलालीका १६, डोटी र बझाङका १÷१ र बैतडीका २ जना छन्।
कुल संक्रमितमध्ये १७ हजार ८ सय २२ जना संक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार १ सय २९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ६ लाख ९३ हजार ४ सय ७२ पुगेको छ। नेपालमा हाल ७ हजार ३ सय ३७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।