काठमाडौं- भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। उपचारका क्रममा सोमबार दिल्लीस्थित आर्मी अस्पतालमा उनको निधन भएको हो।
केही समयअघि उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो। त्यसयता उनी उपचाररत थिए।
उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पूर्व राष्ट्रपति मुखर्जी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो। उनको फोक्सोमा संक्रमण भएको थियो।