काठमाडौं– काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएको छ।
सावधानी अपनाउँदा अपनाउदै पनि मेयरलाई कोरोना संक्रमण भएको महानगरका कर्मचारी राजेश ज्ञवालीले जानकारी गराएका छन्।
शाक्यले श्रीमतीसहित कोरोना परीक्षणका लागि आइतबार स्वाब दिएका थिए। श्रीमतीको भने नतिजा नेगेटिभ आएको छ।
शाक्य होम आइसोलेसनमा रहेको बताइएको छ।