काठमाडौं- राजधानीको बालाजुमा रहेको जनमैत्री अस्पताल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने गरी बन्द अस्पताललाई सञ्चालनमा ल्याइएको हो।
काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले स्वास्थ्य मन्त्रालयलाई गरेको प्रस्ताव अनुसार जनमैत्रीलाई कोभिड अस्पतालका रुपमा सञ्चालनमा ल्याइएको हो।
अस्पताल सोमबारदेखि सय बेड क्षमतासहित अस्पताल सञ्चालनमा आएको हो। सोमबारदेखि अस्पतालमा खटिने स्वास्थ्यकर्मीलाई स्वागत गरी कोभिड अस्पताल शुभाराम्भ गरिएको हो।
२०७२ सालको भूकम्पयता जनमैत्री अस्पताल बन्द अवस्थामा रहेको थियो। संक्रमण बढ्दै गएपछि वडा १६ कार्यालयले बन्द अस्पताल सुरु गर्न तत्परता लिएको थियो।