काठमाडौं- पछिल्लो २४ घन्टामा थप ७ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसँगै नेपालमा २२ हजार १ सय ७८ जना संक्रमित उपचारपछि निको भएका छन्। मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन्।
आज १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५ हजार ५ सय ६० जना व्यक्तिको पिसिआर भएको मन्त्रालयले जनाकारी दियो।
मन्त्रालयका अनुसार ७ हजार ३ सय ९० जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ।