काठमाडौं- कलेजो प्रत्यारोपण सर्जन डा सुजितकुमार साह मृत भेटिएका छन्। भारतको मेधान्ता अस्पतालमा कार्यरत डा साह भारतको गुरुग्राममा मृत भेटिएका हुन्।
डा साह भारतको हरियाणामा बस्दै आएका थिए।
डा साहको स्थायी घर सिरहा हो। उनले पोखराको मनिपालबाट एमबिबिएस गरेका थिए।
साहले चण्डीगढबाट सर्जरीमा विशेषज्ञता हासिल गरेका हुन् भने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स)बाट एमसिएच गरेका थिए।
साहको श्रीमती र एक छोरी छन्।