अच्युत मरहठ्ठा
आजभन्दा करिब २ वर्षअघि आफूले भोगेको समस्या समाधान र कम्तीमा अब आउनेले आफूले जस्तै समस्या भोग्नु नपरोस् भनेर सुरुवात गरिएको मेडिकोस अहिले मेडिकल शिक्षा रुपान्तरणमा कोसेढुंगा बन्न पुगेको छ।
मेडिकल शिक्षामा अहिलेको प्रविधिको भरपुर मात्रामा प्रयोग गर्नुपर्छ र हाम्रो पठनपाठन शैली विश्वस्तरीय हुनुपर्छ भन्ने चाहनाले नै मेडिकोस अगाडि बढाइएको हो।
प्रविधिको सही ढङ्गले प्रयोग गर्न सकियो भने एकदमै गाह्रो हुने मेडिकल शिक्षा केही हदसम्म सजिलो गराउन सकिन्छ। यसैलाई मुल मन्त्र ठानी अगाडि बढेको यो ब्रान्डले अहिलेको अवस्थामा ८ वटाभन्दा बढी एप बनाइसकेको छ।
मेडिकोस पिडिएफबाट यात्रा थालेको यो ब्रान्डले अहिले मेडिकल शिक्षाको धेरै विषय समावेश गरेको छ। रोचक पक्ष के छ भने नेपाली मेडिकल विद्यार्थीलाई पढ्न सजिलो होस, नेपाली शिक्षामा नै परिवर्तन होस भनेर सुरु गरिए पनि यो एपहरुलाई विदेशी विद्यार्थीहरुले बढी रुचाएका छन्। तर अहिले नेपाली विद्यार्थी पनि धेरै नै आवद्ध भइसकेका छन्।
तथ्यांक नै हेर्ने हो भने मेडिकोस पिडिएफका प्रयोगकर्ता डेढ लाखभन्दा बढी छन् र अरु एपहरुका प्रयोगकर्ता पनि दिनानुदिन बढिरहेका छन्। यो कुराले टिमलाई सकारात्मक ऊर्जा थपिदिएको छ।
स्वदेशी प्रयोगकर्ताभन्दा विदेशी प्रयोगकर्ता धेरै हुनुको कारण विदेशी विद्यार्थी धेरै भएर हुनसक्छ तर सोचेजति नेपाली विद्यार्थीले प्रयोग नगर्दा टिमले भने विद्यार्थीले थाहा नपाएर हुनसक्ने बताएको छ। अहिले भने टिमले कसरी सम्पूर्ण नेपाली विद्यार्थीलाई कम्तीमा यस्तो एप छ भन्नेसम्मको सूचना प्रवाह गर्न ध्यान दिएको छ। ज्ञान भएपछि प्रयोग गर्नु/नगर्नु विद्यार्थीमा भर पर्ने तर कम्तीमा थाहा पाउनुपर्छ भन्ने सोच राखेको छ।
त्यति मात्र नभई यो ब्रान्डमा धेरैभन्दा धेरै प्रयोगकर्तालाई समावेश गर्ने योजना तयार पारेको छ। सबैलाई सँगै अघि लैजाने र यो ब्रान्डमा पनि आवद्ध गराउने हेतुले अहिले मेडिकोसले एम्बेसडरको लागि आव्हान गरेको छ। यस अन्तर्गत प्रत्येक मेडिकल कलेजबाट एम्बेसडर छान्ने र विभिन्न कुराहरुमा प्राथमिकता दिने बताएको छ।
समग्रमा व्यक्तित्व विकास पनि होस् र ब्रान्डलाई नजिकैबाट हेर्न सकिने कुरामा बढी जोड दिइएको छ। बाँकी एम्बेसडरलाई हुने फाइदा विस्तारै जानकारी गराउने भएको छ। एम्बेसडर छनोटका निम्ति इच्छुक विद्यार्थीले https://medicos.com.np/ambassadors मा गएर फर्म भर्नुपर्ने छ।
अहिलेको चरणमा एउटा मेडिकल कलेजबाट कम्तीमा १ छात्र र १ छात्रा छानिने छन्। सकेसम्म धेरै विद्यार्थीलाई सँगै अघि लिएर बढ्ने योजना बनाएका छौं। मेडिकोसबाट सञ्चालन हुने सम्पूर्ण कार्यक्रमहरुमा एम्बेसडरको भूमिका ठूलो हुने र अवसरहरु पनि धेरै नै पाइन्छ।
ठूलाठूला विज्ञ र विभिन्न व्यक्तित्वहरुसँग घुलमिल हुन पाइनुका साथै आगामी दिनमा हुने विभिन्न स्वदेशी एवं विदेशी प्रतियोगितामा सहभागी हुने अवसर पाइन्छ। समग्रमा एक कुशल स्वास्थ्यकर्मी हुनमा मेडिकोसले धेरै सहयोग पुर्याउने छ।
यसैगरी आगामी दिनमा अझै धेरै विषय समेटी समग्रमा मेडिकल फिल्डमा प्रविधिको अधिकतम प्रयोगमा जोड दिने कुरामा टिम प्रतिवद्ध छ।