कोहलपुर- बाँकेस्थित नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाले सर्वसाधारण, सवारी चालकलगायतलाई माक्स वितरण गरेको छ। ५८औं नेपाल रेडक्रस दिवसका अवसरमा बुधबार कोहलपुर नगरपालिकाभित्र माक्स वितरण गरिएको उपशाखाका कार्यालय प्रमुख लालबहादुर रानाले बताए।
उपशाखाले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंगलबार कोहलपुर नगरपालिकाले निर्माण गरेको होटल अतिथिको आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई हाइजनिक किटसमेत वितरण गरेको थियो।
बिहीबार सरसफाई कार्यक्रम, शुक्रबार क्वारेन्टाईन र आइसोलेसनमा रहेका संक्रमितलाई फलफूल गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख रानाले जानकारी दिए।
उपशाखाले स्थानीय तहसँग मिलेर क्वारेन्टाइन व्यवस्थापन, स्वयंसेवक परिचालन, कोरोना संक्रमितलाई ओसारपसार कोहलपुर नगरपालिकालाई एम्बुलेन्स उपलब्ध गराइएको जनाएको छ।