काठमाडौं- औषधि व्यवस्था विभागले मारुती फर्मा प्राइभेट लिमिटेड बाराले उत्पादन गरेका दुई औषधि न्यून गुणस्तरको भएको जनाएको छ।
विभागले बजार अनुगमनका क्रममा इलोज-१०० र इलोज-२००(इन्ट्राकनेजोल क्याप्सुल) बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभाग पेश गर्न सूचना जारी गरेको छ।अप्रिल २०१९ मा बनेको इलोज-१०० २०२१ मार्च सम्म र इलोज-२०० २०२० अक्टुबरसम्म प्रयोग मिति रहेको छ।
विभाग औषधि ऐन, २०३५ को दफा १४ बमोजिम ती औषधि बिक्रीवितरण रोक्का समेचत गरेको छ।
