काठमाडौं– गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमित थपिएका छन्।
पोखरामा मात्रै १६ जना थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुन्। त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक÷एक तथा नवलपरासीमा १७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
योसँगै गण्डकीमा संक्रमितको संख्या दुई हजार ३५२ पुगेको निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए।