काठमाडौं- देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
शुक्रबार १८ हजार ६ सय ४ जना संक्रिय संक्रमित मध्ये ७ हजार ४ सय ६२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ३ हजार ७ सय ५७ जना होम आइसोलेसनमा छन्।
त्यस्तै बाग्मती प्रदेशमा मा २ हजार ३ सय १५, प्रदेश १ मा ७ सय ३८, प्रदेश ५ मा ४१९, सुदूरपश्चिम प्रदेशमा १५१, गण्डकी प्रदेशमा ४३ र कर्णाली प्रदेशमा ३९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।