काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ६५ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ६५ लाख १७ हजार ९ सय ८५ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६२ लाख १ सय ८६ पुगेको छ। त्यस्तै ब्राजिलमा ४० लाख ९१ हजार ८ सय १, भारतमा ३९ लाख ३६ हजार ७ सय ४७ र रुसमा १० लाख ११ हजार ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख ७३ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ८ लाख ७३ हजार १ सय ३१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ८७ हजार ७ सय ५०, ब्राजिलमा १ लाख २५ हजार ५ सय २, मेक्सीकोमा ६६ हजार ८ सय ५१, बेलायतमा ४१ हजार ६ सय २६, इटालीमा ३५ हजार ५ सय १८ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ७६ लाख २१ हजार ४ सय ४२ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३४ लाख ५३ हजार २ सय २७, अमेरिकामा २२ लाख ८३ हजार ४ सय ५४, रुसमा ८ लाख ३० हजार ५ सय ३२ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ४४ हजार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २५ हजार ५ सय ६१ जना संक्रमणमुक्त भएका छन् भने २ सय ७१ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ३९ लाख ३६ हजार ७ सय ४७ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६८ हजार ४ सय ७२ पुगेको छ। भारतमा हालसम्म ३० लाख ३७ हजार १ सय ५१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ९७ हजार ५ सय १२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८२ हजार २ सय ६८ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय १५ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ४ सय १२ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख १६ हजार १ सय ९१ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ३ सय ४ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ९ जनाको मृत्यु भइसकेको छ भने २९ हजार ७ सय १३ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ८ हजार ३ सय ६१ जना रहेको छ। मृत्यु हुनेको संख्या २९ छ भने उपचारपछि निको हुनेको संख्या ५ हजार ६ सय ४२ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार १ सय १५ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ९ सय ७ रहेको छ।
भुटानमा संक्रमितको संख्या २२७ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १५० छ।