काठमाडौं- भदौ १७ गतेदेखि हराइरहेकी ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी गीता केसी मृत अवस्थामा भेटिएकी छन्। केसीको शव ललितपुरको लेलेस्थित सामुदायिक जंगलमा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए।
३९ वर्षीय गीताको शव शुक्रबार साँझ भेटिएको हो। उक्त शव गीताको भएको शनिबार पुष्टि भएको एसएसपी राईले बताए।
अफिस जान्छु भनेर घरबाट हिँडेकी गीता तीन दिनदेखि बेपत्ता थिइन्।
गीताको हत्या गरी जंगलमा फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। हत्याको आशंकामा गीताकै भतिजो नाता पर्ने निर्मल केसीलाई पक्राउ गरिएको एसएसपी राईले नेपाल लाइभलाई जानकारी दिए।
गीताको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।