काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ६८ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ६८ लाख ७३ हजार १ सय ४६ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६२ लाख ४४ हजार ८ सय ४९ पुगेको छ। त्यस्तै ब्राजिलमा ४१ लाख २३ हजार ३२, भारतमा ४० लाख ३२ हजार १ सय ७९ र रुसमा १० लाख १७ हजार १ सय ३१ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख ७६ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ८ लाख ७६ हजार ९ सय ३८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ८८ हजार ५ सय ७, ब्राजिलमा १ लाख २५ हजार ५ सय २१, मेक्सीकोमा ६६ हजार ८ सय ५१, बेलायतमा ४१ हजार ६ सय ३८, इटालीमा ३५ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ७८ लाख ४० हजार २ सय २७ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३४ लाख ९७ हजार ९ सय ७९, अमेरिकामा २३ लाख २ हजार १ सय ८७, रुसमा ८ लाख ३५ हजार ८ सय ८४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ४५ हजार २ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २७ हजार १ सय २७ जना संक्रमणमुक्त भएका छन् भने २ सय ८० जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ४० लाख २३ हजार १ सय ७९ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६९ हजार ५ सय ६१ पुगेको छ। भारतमा हालसम्म ३१ लाख ७ हजार २ सय २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ९८ हजार २५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ४० जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८२ हजार ५ सय ५३ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार ५ सय ६५ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख १७ हजार ८ सय ५२ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ३ सय २४ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ९ जनाको मृत्यु भइसकेको छ भने ३० हजार ८२ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ८ हजार ४ सय ८६ जना रहेको छ। मृत्यु हुनेको संख्या २९ छ भने उपचारपछि निको हुनेको संख्या ५ हजार ८ सय २२ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार १ सय २१ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ९ सय १८ रहेको छ।
भुटानमा संक्रमितको संख्या २२८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १५० छ।