काठमाडौं– अनेरास्ववियु (क्रान्तिकारी) ले सिटिइभिटी मातहत सञ्चालित सीएमए, एएनएम,ल्याब टेक्नोलोजी र आयुर्वेदलाई खारेज गर्ने चिकित्सा शिक्षा आयोगको निर्णयप्रति विरोध जनाएको छ।
संगठनले एक विज्ञप्ति जारी गर्दै स्पष्ट मापदण्ड नबनाई हचुवाको भरमा उक्त निर्णय गरिएको भन्दै आयोगको निर्णय खारेज गर्न माग गरेको छ।
यसैगरी, पूर्वान्चल विश्वविद्यालय मातहतका क्याम्पसमा अध्ययनरत नियमित विद्यार्थीहरुबाट अनलाइन परीक्षाका नाममा जबर्जस्ती पैसा असुल्न ताकेता गर्ने षडयन्त्र गरिएको भन्दै सो संगठनले विरोध जनाएको छ।