नयाँ दिल्ली- बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित भएका छन्। कपुरले इन्स्टाग्राममा आफू संक्रमित भएको जानकारी गराएका हुन्।
उनलाई कुनै लक्षण भने देखिएको छैन। अहिले उनी होम क्वारेनटाइनमा बसेको उनले जानकारी गराएका छन्।
इन्स्टाग्रामको पोष्टमा उनले लेखेका छन्‚ ‘तपाईंहरुलाई यो बताउनु मेरो ड्युटी हो कि मेरो कोरोना भाइरस टेष्ट रिर्पोट पोजेटिभ आएको छ, अहिले म ठिक छु।’ चिकित्सक र प्रशासनको सल्लाहमा घरमै आइसोलेनमा बसेको उनले लेखेका छन्‚ ‘मेरोबारेमा चासो र चिन्ता लिनु हुने सबैप्रति धन्यवाद दिन चाहन्छु’ अर्जुन कपुरले लेखेका छन्‚ ‘आगमी दिनमा मेरो स्वास्थ्य अवस्थाबारे जानकारी गराइरहनेछु।’
अहिले सबै असाधारण र अभूतपूर्व समयमा रहेको भन्दै उनले मानवताको बाटोबाट नै जित हासिल गर्न सकिने उनले उल्लेख गरेका छन्।