काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा ९०२ कोरोना संक्रमित देखिएका छन्। देशभरका ४६ जिल्लामा ३०७ महिला र ५९५ पुरुष गरी ९०२ संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मंगलबारसम्म देशभरका ८ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार देशभर १४ हजार ८ सय ६८ जना सक्रिय संक्रमित छन्।
जसअनुसार प्रदेश १ को मोरङ र सुनसरीमा पाँच सय भन्दा बढी संक्रमित छन्। मोरङमा ६१६ जना र सुनसरीमा ५७२ जना सक्रिय संक्रमित रहेका छन्।
त्यसैगरी, प्रदेश २ का धनुषामा ५७१ र सर्लाहीमा ८००, बारामा ५३३ र पर्सामा ५६४ जना सक्रिय संक्रमित छन्।
बागमती प्रदेशको काठमाडौंमा ४ हजार ५ सय ८९ जना, ललितपुरमा ५३३ जना र चितवनमा ६७८ जना संक्रिय संक्रमित रहेका छन्।
प्रदेश ५को रुपन्देहीमा ७७५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
देशभर, प्रदेश १को ताप्लेजुङ, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्लामा शून्य संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।