काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ७४ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ७४ लाख ७७ हजार ४९ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६३ लाख २६ हजार ६ सय ९६ पुगेको छ। त्यस्तै भारतमा ४२ लाख ८० हजार ४ सय २२, ब्राजिलमा ४१ लाख ६२ हजार ७३ र रुसमा १० लाख ३२ हजार ३ सय ५४ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख ९६ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ८ लाख ९६ हजार १ सय २७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ८९ हजार ६ सय ३९, ब्राजिलमा १ लाख २७ हजार ४ सय ६४, मेक्सीकोमा ६७ हजार ४ सय ८४, बेलायतमा ४१ हजार ६ सय ७५, इटालीमा ३५ हजार ५ सय ६३ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ८४ लाख ४१ हजार ७ सय ८३ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३५ लाख ६८ हजार ५ सय ७८, अमेरिकामा २३ लाख ५९ हजार १ सय ११, रुसमा ८ लाख ४७ हजार ७ सय ४६ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ४८ हजार १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३२ हजार ९ सय ६४ जना संक्रमणमुक्त भएका छन् भने ३ सय ६ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ४२ लाख ८० हजार ४ सय २२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ७२ हजार ७ सय ७५ पुगेको छ। भारतमा हालसम्म ३३ लाख २३ हजार ९ सय ५० जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ९९ हजार २ सय ३३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ५० जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८६ हजार १ सय ५७ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख २९ हजार २ सय ५१ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ५ सय ५२ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख २७ हजार ८ सय ९ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ५ सय २० पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय १८ जनाको मृत्यु भइसकेको छ भने ३० हजार ७ सय १५ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ८ हजार७ सय ४१ जना रहेको छ। मृत्यु हुनेको संख्या २९ छ भने उपचारपछि निको हुनेको संख्या ६ हजार १ सय ५७ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार १ सय ४० जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ९ सय ३५ रहेको छ।
भुटानमा संक्रमितको संख्या २३३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १५१ छ।