काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा पूरै हत्केला छिनेका बिरामीको सफल उपचार गरिएको छ।
सर्लाही जिल्लाको पर्सा गाउँपालिका- २ निवासी १८ वर्षीय रवि सिंहको असार २९ गते काम गर्ने सिलसिलामा फलेक्स पाइप मेसिनले दाहिने हत्केला पूरै छिनिएको थियो।
साँझ ५ बजे हत्केला मेसिनमा परी छिनेपछि उनलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा एक घण्टाभित्र पुर्याइएको थियो।
ट्रमा सेन्टरका प्लाष्टिक सर्जरी विभागका प्रमुख प्रोफेसर डा पियुष दाहालको नेतृत्वले शल्यक्रिया गरेको थियो। बेलुका ७ बजे सुरु भएको शल्यक्रिया १० घण्टामा सकिएको थियो।
उनी साउन २२ गते छिनिएको हत्केला शल्यक्रियाबाट जोडिएपछि डिस्चार्ज भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिण्टेन्डेन्ट डा सन्तोष पौडेलले जानकारी दिए।
शल्यक्रिया टिममा डा दाहालसहित प्लाष्टिक सर्जन डा कृष्ण मानन्धर, डा अपार लामिछाने, प्लाष्टिक सर्जन (रेजिडेन्ट) डा कमलराज पाठक, एनेस्थेसियामा डा रुपेश यादव,डा छिरिङ शेर्पा, नर्सिङ स्टाफ पिंकी लागेजु र अनुपमा फुयाँलको टिम संलग्न रहेको मेसु पौडेलले जानकारी दिए।