काठमाडौं- गण्डकी प्रदेशमा थप ५१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।
पिसिआर परीक्षण गर्दा क्षयरोग उपचार केन्द्रमा ४९ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान २ जना गरि ५१ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जानकारी दिएको छ।
संक्रमित हुनेमा कास्कीका २०, बाग्लुङका ९, तनहुँका ४, स्याङजा १२, नवलपरासी ५ जना रहेका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ३० पुगेको छ।
त्यस्तै चितवनस्थित भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालमा गरिएको परीक्षणमा चितवनका १३ जना र रत्ननगरका १ जना गरी १४ जना नयाँ संक्रमित थपिएको अस्पतालले जनाएको छ।