काठमाडौं- देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
बिहीबार १४ हजार ४ सय ४८ जना सक्रिय संक्रमितमध्ये ६ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा २ हजार ४ सय ५७ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश २ मा २ हजार १ सय ४५, प्रदेश १ मा ८ सय ७४, प्रदेश ५मा ६ सय ३, सुदूरपश्चिम प्रदेशमा १६९, गण्डकी प्रदेशमा १०० र कर्णाली प्रदेशमा ९० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।