काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६ नयाँ संक्रमित थपिएका छन्।
कूल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ। २४ घण्टा १ हजार ८ सय १८ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ।
बिहीबारसम्म देशभरका ५ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार देशभर १४ हजार ४ सय ४८ जना संक्रमित छन्।
जसअनुसार प्रदेश १ को सुनसरीमा पाँच सय भन्दा बढी संक्रमित छन्। सुनसरीमा ६३८ जना सक्रिय संक्रमित रहेका छन्।
त्यसैगरी, प्रदेश२ का पनि सर्लाहीमा ५७२ जना सक्रिय संक्रमित छन्।
बागमती प्रदेशको काठमाडौंमा ४ हजार ६ सय ९ जना, र चितवनमा ६१२ जना संक्रिय संक्रमित रहेका छन्।
प्रदेश ५को रुपन्देहीमा ६०० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
देशभर,प्रदेश १ को सोलुखुम्बु, गण्डकी प्रदेशको मनाङ, मुस्ताङ र म्याग्दी र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्लामा शून्य संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।