काठमाडौं- कोभिड र ननकोभिड बिरामीलाई एकै स्थानमा राखेर उपचार नगर्न एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)ले सरकारलाई सुझाव दिएको छ।
बिहीबार अफिनका देशभरिका सदस्यहरूसँग भएको भर्चुअल मिटिङका क्रममा सो सुझाव दिइएको हो।
बैठकमा सबै प्रदेशमा निजी अस्पतालले पुर्याएको सेवाको समीक्षा गर्नुका साथै यस्तो विषम परिस्थितिमा साधन-स्रोतको अधिकतम परिचालन गरी कोभिड बिरामीहरूको उपचार गर्नका लागि पनि अनुरोध गरिएको अफिनका अध्यक्ष बसन्त चौधरीले जानकारी दिए।