काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ८० लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ८० लाख ५४ हजार ३ सय ९६ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६३ लाख ९७ हजार १ सय ३२ पुगेको छ। त्यस्तै भारतमा ४४ लाख ६५ हजार ८ सय ६३, ब्राजिलमा ४२ लाख ३८ हजार ४ सय ४६ र रुसमा १० लाख ४२ हजार ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ९ लाख ७ हजार ९ सय ८० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ९१ हजार ७ सय ६९, ब्राजिलमा १ लाख २९ हजार ५ सय २२, मेक्सीकोमा ६९ हजार ६ सय ४९, बेलायतमा ४१ हजार ६ सय ९७, इटालीमा ३५ हजार ५सय ८७ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ८८ लाख ९६ हजार ९ सय ४६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३६ लाख ५४ हजार ३ सय ३३, अमेरिकामा २४ लाख ३ हजार ५ सय ११, रुसमा ८ लाख ५९ हजार ९ सय ६१ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ५० हजार ४ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३५ हजार ७ सय जना संक्रमणमुक्त भएका छन् भने ३ सय १७ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ४४ लाख ६५ हजार ८ सय ६३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ७५ हजार ६२ पुगेको छ। भारतमा हालसम्म ३४ लाख ७१ हजार ७ सय ८१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ३० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८७ हजार ६ सय ५८ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ३२ हजार ९ सय ७० पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ३३ हजार ५ सय ५० छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ५ सय ७२ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय २० जनाको मृत्यु भइसकेको छ भने ३१ हजार १ सय २९ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ८ हजार ९ सय जना रहेको छ। मृत्यु हुनेको संख्या ३१ छ भने उपचारपछि निको हुनेको संख्या ६ हजार ५ सय ५९ पुगेको छ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार १ सय ५५ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ९ सय ५५ रहेको छ।
भुटानमा संक्रमितको संख्या २३४ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १५५ छ।