काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ८६ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ८६ लाख ५० हजार ५ सय ८८ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६४ लाख ८२ हजार ५ सय ३ पुगेको छ। त्यस्तै भारतमा ४६ लाख ५९ हजार ९ सय ८४, ब्राजिलमा ४३ लाख १५ हजार ६ सय ८७ र रुसमा १० लाख ५३ हजार ६ सय ६३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ९ लाख १८ हजार ७ सय ९६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ९३ हजार ६ सय ७०, ब्राजिलमा १ लाख ३१ हजार २ सय १०, मेक्सीकोमा ७० हजार ६ सय ४, बेलायतमा ४१ हजार ७ सय १२, इटालीमा ३५ हजार ६सय ३ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ९३ लाख २२ हजार १ सय ४४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३७ लाख २३ हजार २ सय ६, अमेरिकामा २४ लाख ३४ हजार ६ सय ५८, रुसमा ८ लाख ७१ हजार जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ५३ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३७ हजार ५ सय २४ जना संक्रमणमुक्त भएका छन् भने ३ सय ३६ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ४६ लाख ५९ हजार ९ सय ८४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ७७ हजार ४ सय ७२ पुगेको छ। भारतमा हालसम्म ३६ लाख २४ हजार १ सय ९६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ९ सय ५५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८८ हजार ५ सय ३६ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ४४ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ७ सय २ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ३८ हजार २ सय ७३ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ६ सय ४१ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय २० जनाको मृत्यु भइसकेको छ भने ३१ हजार २ सय ३४ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ९ हजार ५२ जना रहेको छ। मृत्यु हुनेको संख्या ३१ छ भने उपचारपछि निको हुनेको संख्या ७ हजार ५५ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार १ सय ९५ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ९ सय ८३ रहेको छ।
भुटानमा संक्रमितको संख्या २४१ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १५८ छ।