काठमाडौं- गण्डकी प्रदेशमा २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
क्षयरोग उपचार केन्द्रमा गरीएको परिक्षणमा २९ जना संक्रमित थपिएको गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ।
संक्रमित मध्ये लम्जुङका १०, नवलपरासीका ६, तनहुँका ५, स्याङजाका १, गोरखाका ७ गरी ५ जिल्लाका रहेका छन्।
यो सँगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या २ हजार ९ सय ६८ पुगेको छ।