काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यो सँगै नेपालमा ३८ हजार ६ सय ९७ जना संक्रमित उपचारपछि निको भएका छन्।
आज मन्त्रालयका अनुसार ९ हजार १ सय ६५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ८ लाख ४० सय हजार ५ सय २७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ६ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ –३४४१
प्रदेश २– १०८३१
बाग्मती प्रदेशमा –७३८४
गण्डकी प्रदेशमा –२२१८
प्रदेश ५मा –६४६६
कर्णाली प्रदेशमा –२२८६
सुदूरपश्चिम प्रदेशमा ५८७१