काठमाडौं-गण्डकी प्रदेशमा थप ३९ जना कोरोना संक्रमित थपिएका छन्।
क्षयरोग उपचार केन्द्र पोखरामा गरएिको परीक्षणमा ३९ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयले जानकारी गराएको छ।
संक्रमित मध्य तनहुँका ११, गोरखाका ९, कास्कीका १७ र बाग्लुङका २ जना रहेका छन्। गण्डकी प्रदेशका अनुसार उनीहरुसबै जना कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन।
यो सँगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या ३ हजार ११ पुगेको छ। हलसम्म २८ जनाको मृत्यु भएको तथ्यांक रहेको छ।