काठमाडौं– लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कपिवस्तु जिल्ला शिवराज नगरपालीका-५ निवासी ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४ः३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी ज्वरो, स्वासप्रस्वासमा समस्या भएर भदौ २१ गते कोरोना अस्पतालमा भर्ना भएकी थिइन्।
अस्पतालका अनुसार उनको त्यही दिन कोरोना पोजेटिभ आएको हो। उनमा मिर्गौलाको समस्या पनि थियो।