काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ९१ लाख नाघेको छ। मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ९१ लाख ७९ हजार १ सय ३० जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६५ लाख ५३ हजार १ पुगेको छ। त्यस्तै भारतमा ४८ लाख ४६ हजार ४ सय २७, ब्राजिलमा ४३ लाख ४५ हजार ६ सय १० र रुसमा १० लाख ६४ हजार ४ सय ३८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख २६ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ९ लाख २६ हजार ९ सय २३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ९४ हजार ४ सय ६७, ब्राजिलमा १ लाख ३२ हजार ६ , मेक्सीकोमा ७१ हजार ४९, बेलायतमा ४१ हजार ७ सय २६, इटालीमा ३५ हजार ६ सय २४ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ९७ लाख ६३ हजार २ सय ८६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३७ लाख ७० हजार १ सय ३८, अमेरिकामा २४ लाख ७४ हजार ५ सय ७०, रुसमा ८ लाख ७६ हजार १ सय ५२ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ५५ हजार ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३९ हजार ५ सय ७६ जना संक्रमणमुक्त भएका छन् भने ३ सय ६० जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ४८ लाख ४६ हजार ४ सय २७ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ७९ हजार ७ सय २२ पुगेको छ। भारतमा हालसम्म ३७ लाख ८० हजार १ सय ७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख २ हजार २० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८९ हजार ८ सय ६ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ३९ हजार ३ सय ३२ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ७ सय ५९ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ४३ हजार १ सय छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ७ सय ७२ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय २५ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ७३ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ९ हजार २ सय ४३ जना रहेको छ। मृत्यु हुनेको संख्या ३३ छ भने उपचारपछि निको हुनेको संख्या ७ हजार ५ सय ३६ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार २ सय ६२ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ५ रहेको छ।
भुटानमा संक्रमितको संख्या २४५ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १६१ छ।