काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ रहेको जनाएको छ। पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित ८ जिल्लामा रहेको छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ को सुनसरीमा ५४१ र मोरङमा ७०५ जना सक्रिय संक्रमित रहेका छन्।
प्रदेश २ को सिरहामा ६९९ जना तथा बागमती प्रदेशको काठमाडौंमा १ हजार ९०५, भक्तपुरम ५०५, चितवनमा ५४२ र मकवानपुरमा ५५२ जना सक्रिय संक्रमित रहेका छन्।
प्रदेश ५ को रुपन्देहीमा ७१० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
त्यसैगरि, देशभरका ५ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ। प्रदेश १ को सोलुखुम्बु, गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको मुगु, डोल्पा र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ।
बुधबार, देशभर १ हजार ५ सय ३९ नयाँ कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमित हुनेको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। बुधबार १ हजार ६८ जना डिस्चार्ज भएका छन्। हालसम्म ४१ हजा ७ सय ६ व्यक्ति संक्रमण मुक्त भई डिस्चार्ज भइसकेका छन्।