काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ९७ लाख नाघेको छ। बिहिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ९७ लाख ५१ हजार १ सय ५६ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६६ लाख २९ हजार ३ सय ५७ पुगेको छ। त्यस्तै भारतमा ५० लाख २० हजार ५ सय ५९, ब्राजिलमा ४४ लाख १९ हजार ८३ र रुसमा १० लाख ७५ हजार ४ सय ८५ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ३९ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ९ लाख ३९ हजार १ सय ७५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ९६ हजार ७ सय ३२, ब्राजिलमा १ लाख ३४ हजार १ सय ६ , मेक्सीकोमा ७१ हजार ९ सय ७८, बेलायतमा ४१ हजार ७ सय ७३, इटालीमा ३५ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड २० लाख ८ हजार ५ सय ६८ जना संक्रमणमुक्त भएका छन्।
बिहीबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३८ लाख ३५ हजार १ सय १९, अमेरिकामा २५ लाख २५ हजार ५ सय ७३, रुसमा ८ लाख ८७ हजार ४ सय ५७ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ५८ हजार ३ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४१ हजार ७ सय ६ जना संक्रमणमुक्त भएका छन् भने ३ सय ७९ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ५० लाख २० हजार ३ सय ५९ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ८२ हजार ६६ पुगेको छ। भारतमा हालसम्म ३९ लाख ४२ हजार ३ सय ६० जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ३ हजार ८९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९१ हजार १ सय ६९ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ४२ हजार ६ सय ७१ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ८ सय २३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ४७ हजार ९ सय ६९ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ८ सय ५५ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ३६ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ५ सय ३ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ९ हजार ४ सय २७ जना रहेको छ। मृत्यु हुनेको संख्या ३३ छ भने उपचारपछि निको हुनेको संख्या ७ हजार ९ सय ३ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार २ सय ७१ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २१ रहेको छ।
भुटानमा संक्रमितको संख्या २४६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १७५ छ।