काठमाडौं- विवेकशील नेपाली दलकी नेता रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको आइसोलेसन खर्च महानगरपालिकाको व्यहोरेको हो वा होइन भन्दै सूचना माग गरेकी छन्।
दर्शना सहित प्रमेश श्रेष्ठ र रजिया बानुले काठमाडौं महानगरपालिकाका सूचना अधिकारी समक्ष पेश गरेको निवेदनको पहिलो बुँदामा भनिएको छ- यस काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यज्यू कोरोनाबाट संक्रमित भई परिवारका सदस्य सहित सोल्टी होटलमा आइसोलेसनमा बस्नु भएको खर्च महानगरपालिकाले व्यहोरेको हो या होइन?
निवेदनमा महानगरपालिकाले खर्च व्यहोरेको भए तिरेको रकमबारे पनि माग गरिएको छ।
'महानगरले अहिलेसम्म कोरोना संक्रमित महानगरबासीको लागि भनेर कतिवटा क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरुको निर्माण तथा सञ्चालन गरेको छ, यसबारे विवरण पाऊँ', तेस्रो बुँदामा भनिएको छ।
