काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ६५ हजार नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ६५ लाख ७ सय २८ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६६ लाख ७४ हजार ७० पुगेको छ। त्यस्तै भारतमा ५१ लाख १८ हजार २ सय ५३, ब्राजिलमा ४४ लाख ५५ हजार ३ सय ८६ र रुसमा १० लाख ७५ हजार ८१ सय १ सय ५२ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ४४ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ९ लाख ४४ हजार ६ सय ४ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ९७ हजार ६ सय १५, ब्राजिलमा १ लाख ३४ हजार ९ सय ३५ , मेक्सीकोमा ७२ हजार १ सय ७९, बेलायतमा ४१ हजार ७ सय ९४, इटालीमा ३५ हजार ६ सय ५८ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ४ लाख २३ हजार ८ सय २ जना संक्रमणमुक्त भएका छन्।
शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३८ लाख ७३ हजार ९ सय ३४, अमेरिकामा २५ लाख ४० हजार ३ सय ३४, रुसमा ८ लाख ९३ हजार १ सय ४५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ५९ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४२ हजार ९ सय ४९ जना संक्रमणमुक्त भएका छन् भने ३ सय ८३ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ५१ लाख १८ हजार २ सय ५३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ८३ हजार १ सय ९८ पुगेको छ। भारतमा हालसम्म ४० लाख २५ हजार ७९ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ३ हजार ६ सय ३४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ९९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९१ हजार १ सय ६९ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ४४ हजार २ सय ६४ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ५० हजार ४ सय १२ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ८ सय ७२ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ३६ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ५ सय ५ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ९ हजार ४ सय ९४ जना रहेको छ। मृत्यु हुनेको संख्या ३३ छ भने उपचारपछि निको हुनेको संख्या ८ हजार ३३ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार २ सय ७६ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ४३ रहेको छ।
भुटानमा संक्रमितको संख्या २४६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १७५ छ।