काठमाडौं- बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा एक संक्रमितको मृत्यु भएको हो।
अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका-१० का ६९ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान १ बजे मृत्यु भएको हो।
उनलाई भदौ २२ गते अस्पतालको अस्थायी कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो।
