भक्तपुर- भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
संक्रमण देखिएपछि उनलाई भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ।
जिल्लामा शनिबार साँझसम्म एक हजार १०० भन्दा बढीलाई कोरोना पुष्टि भएको र १८ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस