काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ६ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ६ लाख ७३ लाख ६ सय ३३ जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६७ लाख ६४ हजार ७ सय ८० पुगेको छ। त्यस्तै भारतमा ५३ लाख ८ हजार १४, ब्राजिलमा ४५ लाख २८ हजार २ सय ४० र रुसमा १० लाख ९२ हजार ९ सय १५ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ५० हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ९ लाख ५५ हजार ४ सय ४ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ९९ हजार २ सय ५८, ब्राजिलमा १ लाख ३६ हजार ५ सय ३२ , मेक्सीकोमा ७३ हजार २ सय ५८, बेलायतमा ४१ हजार ८ सय ४८, इटालीमा ३५ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ९ लाख ८ हजार २ सय ३० जना संक्रमणमुक्त भएका छन्।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३९ लाख ३६ हजार ८ सय ९३, अमेरिकामा २५ लाख ७७ हजार ४ सय ४६, रुसमा ९ लाख ३ हजार ५ सय ४५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ६२ हजार ७ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४५ हजार २ सय ६७ जना संक्रमणमुक्त भएका छन् भने ४ सय १ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ५३ लाख ८ हजार १४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ८५ हजार ६ सय १९ पुगेको छ। भारतमा हालसम्म ४२ लाख ८ हजार ४ सय ३१जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ५ हजार ३१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ४ सय १५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९२ हजार ४४ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ४७ हजार ३ सय ७२ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ९ सय १३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ५४ हजार ३ सय ८६ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ९ सय १९ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ३७ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ५ सय ७६ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ९ हजार ६ सय ४९ जना रहेको छ। मृत्यु हुनेको संख्या ३३ छ भने उपचारपछि निको हुनेको संख्या ८ हजार १ सय ८८ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार २ सय ८३ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ७० रहेको छ।
भुटानमा संक्रमितको संख्या २५८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १८६ छ।