काठमाडौं– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
झापाकी ७२ वर्षिय महिला र सुनसरीकी ४९ वर्षिय महिलाको मृत्यु भएको अस्पतालमा प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।
मृत्यु हुनेमा झापामा ७२ वर्षिय पुरुषको असोज ४ गते राति ९.२० बजे मृत्यु भएको हो।
उनी श्वास प्रश्वासमामा कठिन, छाती दुख्ने, शरीरमा कमजोरी र न्यूमोनियाको लक्षण भएर असोज ४ गते भर्ना भएकी थिइन्। उनको असोज ४ गते कोरोना पोजेटिभ आएको थियो।
त्यस्तै सुनसरीकी ४९ वर्षिय महिलाको असोज ५ गते बिहान २ बजे मृत्यु भएको डा सापकोटाले जानकारी दिए ।
उनी उच्च रक्त चाप, मधुमेह, र मृगौलाको समस्या भइ अस्पतालको मेडिसिन वार्डमा भदौ ३० गते भर्ना भएकी थिईन । उनको असोज १ गते कोरोना पोजेटिभ पृष्टि भएको हो।