काठमाडौं– देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
सोमबार १७ हजार ६ सय ११ जना संक्रिय संक्रमित मध्ये ८ हजार ६ सय ९० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ९ सय ६१ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १ हजार ३ सय १५, प्रदेश २ मा ९ सय ९८, प्रदेश ५मा ७ सय ५९, सुदूरपश्चिम प्रदेशमा १८८, गण्डकी प्रदेशमा १८३ र कर्णाली प्रदेशमा १८८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।