दीपा पौडेल
प्युठान- जिल्ला अस्पताल बिजुवार प्युठानमा अत्यधिक रक्तस्रावका कारण एक जना सुत्केरीको मृत्यु भएको छ।
सुनिल स्मृति गाउँपालिका २ रोल्पा निवासी २५ वर्षीया नेतृ सिंह सुत्केरी व्यथा लागेर आइतबार राति अस्पताल आएकी थिइन्। सोमबार बिहान २ बजे सामान्य रुपमा बच्चा जन्माएकी सिंहको अत्यधिक रक्तस्रावका कारण बिहान ७ ः१५ बजे निधन भएको जिल्ला अस्पताल बिजुवारका सुचना अधिकारी राजन घिमिरेले जानकारी दिए।
बच्चाको स्वास्थ्यमा समस्या आएपछि बच्चाको उपचारको लागि बुटवल पठाइएको छ। रक्तदाताहरुले दिएको रगत चढाउँदा पनि अत्यधिक रक्तस्राव हुँदा निधन भएको अस्पतालले जनाएको छ।
सुत्केरीको अवस्था सामान्य भएता पनि ब्लिडिङ डिसअर्डरका कारण मृत्यु भएको उपचारमा संलग्न एमडिजिपि डा सुनिल सुनारले बताए।