काठमाडौं- देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
मंगलबार १८ हजार १ सय ४२ जना संक्रिय संक्रमितमध्ये ८ हजार ९ सय ४९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ५ हजार २ सय २० जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १ हजार ३ सय ४१, प्रदेश २ मा ८८४, प्रदेश ५मा ७ सय १७, सुदूरपश्चिम प्रदेशमा १९४, गण्डकी प्रदेशमा २८६ र कर्णाली प्रदेशमा २०७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।