काठमाडौं- नेपाल चिकित्सक संघले डा गोविन्द केसीलाई व्यवहारको भत्सर्ना गरेको छ। संघले विज्ञप्ति जारी गर्दै सत्याग्रहमा बसेका डा केसीलाई गैरमानवीय व्यवहार गरिएको भन्दै उक्त घटनाको निन्दा गर्दै भत्सर्ना गरेको हो।
'त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट सुरक्षाकर्मीहरुले डा.केसीलाई लोकतान्त्रिक मूल्य, मान्यता विपरित कानूनी राज्यको उपहास गर्दै अपहरणको शैलीमा उहाँको इच्छा बिपरित राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोप्रति नेपाल चिकित्सक संघ गम्भिर दुःख व्यक्त गर्दछ,' संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संघले डा केसीको मागलाई तत्कालै सम्बोधन गरी जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ।
