नेपालगन्ज– भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा ३९ वर्षीय ती पुरुषको मृत्यु भएको बताए। यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।
यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको थियो। रासस