काठमाडौं– पछिल्लो २४ घण्टामा थप एक हजार ८ सय ९३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा ४९ हजार ९ सय ५४ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार ९ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ९ लाख ४४ सय हजार ४ सय ७४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ७ हजार १ सय ४ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ –४५१६
प्रदेश २– १२७६०
बाग्मती प्रदेशमा –११८१२
गण्डकी प्रदेशमा –२९४१
प्रदेश ५मा –७७७५
कर्णाली प्रदेशमा –२७८२
सुदूरपश्चिम प्रदेशमा ६३६८