काठमाडौं– डा गोविन्द केसीको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउँदै साझा पार्टी नवलपुरले आज बिहान प्रदर्शन गरेको छ।
उनीहरुले ‘व्यापार सरकार चाहिँदैन, सत्याग्रही मार्न पाइदैन’ भनेर लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए।
विगतमा आफूसँग भएका सम्झौता पूरा गर्न माग गर्दै चिकित्सा शिक्षा अभियन्ता डा केसी भदौ २९ गतेदेखि १९ औं सत्याग्रहमा छन्।