काठमाडौं- गुल्मी जिल्ला अस्पतालका मेसु डा उत्तम पच्यालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
डा पच्याले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना पुष्टि भएको जानकारी राखेका छन्। उनले १ हप्तादेखि आफ्नो सम्पर्कमा आएकालाई आइसोलेसनमा बस्न पनि अनुरोध गरेका छन्। यो अवधिमा सम्पर्कमा आएकामा लक्षण देखा परे जाँच गर्न पनि उनले अनुरोध गरेका छन्।
यस्तो छ डा पच्याको फेसबुक स्ट्याटस
आज मलाई कोभिड-१९ रोग लागेको Rt RT-PCR बाट पुष्टि भएको छ, विगत १ हप्ता देखि मेरो सम्पर्क आउनु भएको छ भने आफुलाइ आइसोलेसनमा बस्न अनुरोध गर्दछु, कुनै लक्षण देखा परे अस्पतालमा जचाउन अनुरोध गर्दछु। मेरा कर्मचारी कसैको घरमा भाडामा बस्नु भएको छ भने घरबेटीबाट सामाजिक दूरी रहने गरी बस्नलाई सहयोग गरिदिनु होला, मलाई पो कोभिड-१९ रोग लागेको उहाँहरुलाइ होइन नि।
मेरो स्वास्थ्य सुधारोन्मुख छ।
#विभेद #नगरौ, यो #रोग जसलाइ पनि लाग्न सक्छ