काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड २१ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड २१ लाख ३५ हजार २ सय २० जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६९ लाख ७५ हजार ९ सय ८० पुगेको छ। त्यस्तै भारतमा ५७ लाख ३२ सय ५ सय १८, ब्राजिलमा ४६ लाख ५७ हजार ७ सय २ र रुसमा ११ लाख २३ हजार ९ सय ७६ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ८१ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ९ लाख ८१ हजार ६ सय ६० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख २ हजार ७ सय ३८, ब्राजिलमा १ लाख ३९ हजार ८ सय ८ , मेक्सीकोमा ७५ हजार ४ सय ३९, बेलायतमा ४१ हजार ९ सय ९१, इटालीमा ३५ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड २१ लाख ४९ हजार ४ सय ४१ जना संक्रमणमुक्त भएका छन्।
शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४१ लाख २ हजार ९ सय ५४, अमेरिकामा २६ लाख १० हजार १ सय ८३, रुसमा ९ लाख २६ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ६९ हजार ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५० हजार ४ सय ११ जना संक्रमणमुक्त भएका छन् भने ४ सय ५३ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ५७ लाख ३२ सय ५ सय १८ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ९१ हजार १ सय ४९ पुगेको छ। भारतमा हालसम्म ४६ लाख ७४ हजार ९ सय ८७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ८ हजार २ सय १७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९४ हजार ३ सय ९२ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ५५ हजार ३ सय ८४ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ७२ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ६५ हजार ९२ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार १ सय ७० पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ५१ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ६ सय १९ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ९ हजार ९ सय ३९ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार ३ सय ३३ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार १ सय ४२ रहेको छ।
भुटानमा संक्रमितको संख्या २६१ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १९६ छ।