काठमाडौं– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
राजविराजका ७० वर्षीय पुरुष र मोरङ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालमा प्रवक्त डा निदेश सापकोटाले जानकारी दिए।
७० वर्षीय पुरुष गजेन्द्र नारायण सिंह अस्पताल राजविराजबाट ज्वरो, खोकी, श्वासप्रस्वाशमा कठिन र निमोनियाको लक्षण भएको कारण रिफर भएर भदौ २७ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।
उनको भदौ २५ गते कोरोना पोजेटिभ आएको थियो। उनको असोज ८ गते राती ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
त्यस्तै मोरङका ५५ वर्षीय पुरुषको असोज ६ गते कोरोना पोजेटिभ आएको थियो। उनको असोज ८ गते साँझ ८ः३० बजे प्रतिष्ठानको सर्जिकल आसियुमा उपचारका क्रममा मृत्यु भएको हो।
उनको आन्द्राको क्यान्सर भएर जटिल शल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि क्यान्सर फैलिसकेको थियो।