काठमाडौं– पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा ५१ हजार ८ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार १२ हजार २ सय ६२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ६८ सय हजार १ सय ८५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ –४७१७
प्रदेश २– १२८७३
बाग्मती प्रदेशमा –१३९१६
गण्डकी प्रदेशमा –३०२४
प्रदेश ५मा –८०७३
कर्णाली प्रदेशमा –२८१८
सुदूरपश्चिम प्रदेशमा ६४४५